arrow

चारा घोटाला काण्ड : लालुमाथि थपियो सजाय 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
lalu-yadav.jpg

काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा सजाय सुनाइएको छ ।  विशेष अदालतका न्यायाधीश एसके शशिले भारतको सबैभन्दा ठुलो घोटाला मध्येको एक चारा घोटाला काण्डमा उनलाई ५ वर्षको जेल सजाय र ९६ लाख रुपैयाँ जरिवाना फैसला सुनाएका हुन् ।

सोमबार सीबीआईका विशेष न्यायाधीश एसके शशीले भिडियो कन्फरेन्स मार्फत सजायको घोषणा गरेका हुन् ।  ७३ वर्षीय नेता लालु हाल लालु जेलभित्रको अस्पतालमा छन् । 

लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् । उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन्। 

लालु यादव विहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा विहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैर कानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ । 

फेब्रुअरी १५ मा अदालतले यस मामिलामा लालुसहित ३८ जनालाई दोषी ठहर गरेको थियो । उनलाई सजाय सुनाइएपछि राँचीको जेल अस्पताल लगिएको थियो।  आधा सजाय सकिएकोले लालुले उच्च अदालतबाट धरौटी पाउने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ