arrow

सीजी ब्रान्डको रोड शो सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
cg-road-show.jpg

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले हालै हाइवे टु इस्ट एण्ड वेस्ट नामक रोड शो सम्पन्न गरेको छ। उक्त रोड शो विशेष गरी सम्पूर्ण नेपाली ग्राहकहरूलाई सीजीको वासिङ मेसिन कसरी चलाउने भन्ने बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त रोड शोमा सीजीका विभिन्न किसिमका इलेक्ट्रोनिक्स सामानहरूको प्रदर्शनी गर्नुका साथै ती सामानहरूको विशेषताको बारेमा पनि जानकारी दिइएको थियो। 

पूर्वको काँकडभिट्टादेखि लिएर पश्चिमको महेन्द्रनगरसम्म र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको बनेपामासमेत रोड शो गरिएको थियो।

कार्यक्रम अवधिदेखि एक हप्तासम्म सीजीका कुनै पनि इलेक्ट्रोनिक्स सामानहरू खरिद वा बुकिङ गरेमा २० प्रतिशत छुट पनि दिइएको थियो । 

कार्यक्रमलाई अझै रोचक बनाउन विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गरिएको थियो ।

यति मात्र नभइ यो कार्यक्रम डिलरहरूलाई प्रोत्साहन दिने र उनीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले पनि आयोजना गरिएको थियो । यसरी विभिन्न किसिमका गतिविधिहरू गरी सीजीले आफ्नो रोड शो सम्पन्न गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ