arrow

काठमाडौंमा एकै पटक डिशहोमको चार शोरुम उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
dish-home-show-room--ktm.jpg

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौंमा एक दिनमा चार वटा शोरुम उद्घाटन गरेको छ। बुढानीलकण्ठ र बानियाटारमा रहेको एलेक्स् इम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टीभी हाउस र नक्सालमा रहेको बी इन्टरप्राइजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका बीच डिश मिडिया नेटवर्क लिमिटेडका बिक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन् ।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जसबहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जर न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशी तथा ब्रान्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।

त्यस्तै सिएम ट्रेङ्गिङका सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर विक्रम लामाको उपस्थिति रहेको थियो भने स्टोम नेटवर्कका तर्फबाट मङ्गल गुरुङ र रमेश केसीको उपस्थिति रहेको थियो ।

एलेक्स इम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोइराला, बलम्वु टीभी हाउसको सञ्चालन प्रभात भट्टराई र बी इन्टरप्राइजेजको सञ्चालन आकाश मानन्धरले गर्नेछन् ।

विगत लामो समयदेखि डिशहोमसँग सहकार्य गर्दै आएका डिशहोम डिलर दाइहरूले अब छुट्टै शोरुममार्फत डिशहोम र डिशहोम फाइवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्सफर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसनलगायत बिक्रीपछिका सम्पूर्ण सेवाहरू नयाँ शोरुममार्फत प्रदान गर्ने जानकारी शोरुम सञ्चालकहरूले दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ