- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।
महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ। सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो ।
०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यसपालि ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्न लागिएको हो ।