arrow

काठमाडौंमा फेरि बढे संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
kathmandu-valley-kalanki-sky.jpg
तस्बिर– फाइल

काठमाडौं । केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको छ । काठमाडौं उपत्यकामा पनि संक्रमित घट्दै गइरहेकामा मंगलबार फेरि बढेका छन् । मंगलबाट तेहोरो अंक छोएको छ ।

काठमाडौंमा पीसीआर परीक्षणबाट पत्ता लागेका १०१ संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १५ तथा ललितपुरमा १० जना थपिएका छन् । 

सोमबारको तुलनामा मंगलबार संक्रमित बढेका हुन् । सोमबार देशभर ३८८ संक्रमित थपिएकामा मंगलबार ४७६ जना थपिएका छन् । 

त्यस्तै निको हुने पनि घटेका छन् । सोमबार एक हजार २०५ जना संक्रमित थपिएकामा मंगलबार त्यो संख्या घटेर ८३१ पुगेको छ । 

त्यस्तै सोमबार ४ जनाको मृत्यु भएकामा मंगलबार ३ जनाले ज्यान गुमाएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ४७ पुगेको छ । जसमा काठमाडौंमा मात्रै २ हजार ४३९, ललितपुरमा १ हजार २२३ तथा भक्तपुरमा ३६७ जना सक्रिय संक्रमित रहेका छन् । 
 



नयाँ