arrow

सीजीको ‘बिग सीजी डे २२.२.२२ मा अफरै अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
cg-cg.jpg

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल ई–कमर्सले बिग सीजी डे २२.२.२२ योजना ल्याएको छ । बिग सीजी डे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा ‘सीजी डे’ ईकमर्सले मनाउने पनि जानकारी गराएको छ ।
 
यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा यही फागुन १० देखि फागुन १६ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राकहलाई रु २,२०० बराबरको फ्री गिफ्ट जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ । 

बिग सीजी डे २२.२.२२ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी  फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेशन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी  पे र युनाइटेड इन्सुरेन्सका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको सीजीले जनाएको छ । 
 
यो बिग सीजी डे www.cgdigital.com.np अथवा सीजी डिजिटल एपमा लगइन गरी यस बिग सीजी डेका अफरहरुको फाइदा ग्राहकले उठाउन सक्ने पनि सीजीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ