arrow

बागलुङमा सुख्खा पहिरो : एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
death.jpg

बागलुङ । बागलुङको बडीगाडमा सुख्खा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा बडीगाड गाउँपालिका वडा नं. ७ का ६० वर्षीय गोपीराम विक रहेका छन् ।

यस्तै, घाइते हुनेमा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गाबहादुर विक र स्थानीय ४० वर्षीय दिलबहादुर विक रहेका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलका अनुसार जिल्लाको बडीगाड गाउँपालिका वडा नं. ७ मा मंगलबार बिहान सडक खन्ने क्रममा माथिबाट खसेको सुख्खा पहिरोले पुरिँदा घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ