arrow

तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
current-killed.jpg

तनहुँ । तनहुँको डुम्रेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा तनहूँको ऋषिङ गाउँपालिका वडा नं. ५ सतङ्गुका २४ वर्षका सोमबहादुर मगर रहेका छन् ।

तनहुँ प्रहरीका अनुसार बन्दीपुर गाउँपालिका वडा नं. १ रिमाल्नीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ग१ख ८२०८ नम्बरको ट्रकमा बा३क २६९४ नम्वरको एक्साभेटर लोड गर्नेक्रममा अचानक नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेर मगरको मृत्युु भएको हो ।

प्रहरी प्रवक्ता एवं डिएसपी युवराज खड्काका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि डुम्रेको लक्ष्मी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ