arrow

एमसीसी : संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
parliament_of_nepal.png

काठमाडौं । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदै छ ।

एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठुला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रूपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि एमसिसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्दै छलफलको प्रयास जारी राखेको छ । 



नयाँ