arrow

तीन देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
vidya-columbia-ambassador.jpg

काठमाडौं । तीन देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा तीन देशका राजदूतले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । 

प्रमाणपत्र बुझाउनेमा कोलम्बियाकी गैरआवासीय राजदूत मरिआना पाचेको मोन्टस्, क्युबाका गैरआवासीय राजदूत अलेजान्द्रो सिमान्कास मरिन र कजाखस्तानका गैरआवासीय राजदूत मुर्लान झाल्गास्बायेभ हुन् 

उक्त अवसरमा परराष्ट्र मन्त्री डा. नारायण खड्कासहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ