arrow

एमसीसीको पक्षमा कांग्रेस, जसपा र लोसपाका यी सांसद बन्चित हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
parliament-house.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका नेपाली कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् । 

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका कांग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । 

यस्तै, व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित कांग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् । 

साथै उपचारका लागि भारतमा रहेका कांग्रेस सांसद प्रदीप गिरी र  कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् । 

कांग्रेसको जस्तै लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी र जनता समाजवादी पार्टी जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् । 
 



नयाँ