arrow

एमसीसी :मन्त्री बडूको दार्चुला घरमा विप्लव कार्यकर्ताले टाँगे कालो झण्डासहित ब्यानर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
dilendra-baiplab.JPG

दार्चुला । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको घरमा विप्लव कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर टाँगेका छन् । 

बिहीबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्रीको घरमा विरोध स्वरूप ब्यानरसहित कालोझण्डा टाँगेका हुन् । 

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइँदैन, दलाल सरकार चाहिँदैन’ लगायतका नारा पनि लेखिएको छ । 

नेकपा विप्लवका विद्यार्थी नेता भुवन जोशीले मन्त्री बडू पनि ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन लागि परेको भन्दै उनको गृह जिल्लाको घरमा विरोध स्वरूप कालो झण्डा र ब्यानर टाँगेको बताए । 

विप्लवले बिहीबार जिल्ला सदरमुकाम खलङ्गामा एमसीसी विरोधी कार्यक्रम समेत गरेको थियो ।



नयाँ