- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजकल जुन दिन प्रतिनिधि सभाको बैठक हुन्छ त्यो दिन नयाँ बानेश्वर क्षेत्र अशान्त हुन्छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोध गर्नेहरु संसद चल्ने दिन आक्रामक हुन्छन् र विरोधमा उत्रिन्छन् । सोही क्रममा उनीहरुको विरोध गर्ने थलो हुन्छ नयाँ बानेश्वर ।
अन्य दिन चहलपहलयुक्त भीडभाड हुने बानेश्वर संसद खुल्ने दिन भने त्रासमय बन्छ । त्यहाँका स्थानीय शान्त हुन्छन् । अनि विभिन्न ठाउँका युवाहरु आक्रामक हुँदै आउँछन् । एमसीसीको विरोधमा नारा घन्काउँछन् । अनि उनीहरुलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गाको निशाना लगाउँछन् ।
प्रहरी पनि कहिले लाठीले रीस फेर्छ भने कहिले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्यास खोल्छ । युवाहरु प्रहरीसँग धकेलाधकेल गर्छन् । जब संसदको कारबाही सकिन्छ वा संसद स्थगित हुन्छ तब घरतिर लाग्छन् ।
दैनिकी यसरी नै बितिरहेको छ । सम्भवतः शुक्रबार पनि यही गति दोहोरिने छ ।
बिहीबारका थप तस्वीर–