arrow

नेपालमा कोभिड विरुद्धको चिनियाँ खोपको तेस्रो चरणको परीक्षण रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
mrna-vaccine-china.jpg

काठमाडौँ। नेपालमा कोभिड विरुद्धको चिनियाँ खोप एआरकोभको तेस्रो चरणको क्लिनिकल परीक्षण रद्द गरिएको छ। चीनले कोरोना महामारी विरुद्धको एमआरएनए खोपको तेस्रो चरणको खोपको परीक्षण नेपालमा गर्न चाहेको थियो। तर, चिनियाँ खोप उत्पादक कम्पनीले नै नेपालमा गर्न नहुने भनेपछि रद्द गरिएको हो।

एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेज, सुजोउ अबोजेन बायोसाइन्सेज र वाल्भाक्स बायोटेक्नोलोजीले विकास गरिरहेको खोपले नेपालमा तेस्रो चरणको परीक्षण गर्ने अनुमति पाएको थियो।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका खोप अन्वेषक प्रमुख डा सञ्जीवकुमार शर्माले भने, 'हामीलाई गत हप्ता नेपालमा अध्ययन नहुने जानकारी दिइएको थियो। भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरूले तेस्रो चरणको परीक्षण गर्न खोपको डोज र अन्य आवश्यक उपकरणहरू आपूर्ति गर्न सकेनन्।'

गत वर्ष भदौ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कम्पनीको मेसेन्जर आरएनए (एमआरएनए) कोभिडको खोप नेपालमा तेस्रो चरणको परीक्षण गर्न दिने निर्णय गरेको थियो।

उत्पादन गर्ने कम्पनीले देउराली–जनता फर्मास्युटिकल्स प्रालिसँग सहकार्य गरी नेपालमा मानव परीक्षण गरेको थियो। भ्याक्सिन निर्माण कम्पनीले नेपालमा खोप उत्पादन गर्ने प्रविधि हस्तान्तरण गर्न र क्लिनिकल ट्रायल सफल भएमा सहुलियत मूल्यमा डोज उपलब्ध गराउने पनि सहमति भएको थियो।

'पहिलो चरणको अध्ययन वा खोपको विकास गत अक्टोबरसम्ममा सम्पन्न गरिसक्नु पर्ने थियो,' शर्माले थपे, 'उनीहरू (भ्याक्सिन निर्माण कम्पनी) ले पनि अध्ययन रद्द गर्न धेरै समय लगाए।'

बीपीकेआईएचएसमा ३ हजार मानिसलाई चिनियाँ एमआरएनए खोप दिने योजना थियो। अध्ययनको लागि, धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू राखिएका थिए।

देउराली जनता फार्मास्युटिकल्स प्रालिले भ्याक्सिन उत्पादकले नेपालमा आयोजना गरिएको अध्ययन रद्द भएको जानकारी दिएपछि स्वास्थ्यकर्मी डाक्टर, नर्स र अन्यलाई तलब उपलब्ध गराएको शर्माले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ