arrow

स्याङ्जाको गल्याङमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
bida.jpg

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गल्याङ नगरपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको हो ।

गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएका हुन् । ‘फागुन १५ गते मगर दिबशको अवसरमा सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था एवम् सार्वजनिक निकायहरुमा विदा दिने निर्णय भएको छ’, सूचनामा उल्लेख छ ।

यसअघि नेपाल मगर संघ राष्ट्रिय मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै नगरप्रमुख भूपराज अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो । 

जवाफमा नगरप्रमुख अधिकारीले मगर समुदायको धेरै जनसंख्या रहेको गल्याङ नगरपालिकामा सार्वजनिक बिदा दिन आफू प्रतिबद्व रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ