arrow

बानेश्वरको सडक खुल्यो, दुई आन्दोलनकारी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
baneshwor-andolan-2078-11-13.jpg

काठमाडौं । तीन घण्टासम्म ठप्प भएको नयाँ बानेश्वर क्षेत्रको सडक खुलेको छ । माइतीघर र कोटेश्वरबाट निस्किएको विभिन्न ३४ वटा राजनीतिक दलहरुको जुलुस नयाँ बानेश्वरमा गएर भेला हुँदै अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने क्रममा उनीहरुले सडक अवरुद्ध पारेका थिए । 

शुरुआतमा प्रहरीले एकतर्फी बाटो संचालन गरेको भए पनि प्रदर्शनकारीहरु बढेपछि दुवैतर्फको सडक ठप्प पारिएको थियो । बानेश्वरमा प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि प्रहरीले लखेटेर भगाएको थियो । 

उक्त क्रममा दुई आन्दोलनकारी घाइते भएका छन् । 

शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी नेमकिपा, नेपालका लागि नेपाली पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा माले, एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा एकीकृत समाजवादी आबद्ध जनसंगठन र  नेकपा माओवादी रहेका छन् । नेकपा माओवादी केन्द्र निकट जवस–मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ