- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले लुटेरालाई पर्यटन बोर्डको जिम्मा दिन थालेका छन् । उनले विभिन्न आर्थिक अपराधमा अदालतबाट दोषी ठहर भएकालाई पर्यटन बोर्डको सदस्य नियुक्त गरेका हुन् ।
यो निर्णय भने गोप्य राखिएको पर्यटन बोर्ड स्रोतले बताएको छ । सिन्धुपाल्चोककका लिला भनिने टासी लामालाई मन्त्री आलेले बोर्डको सदस्य नियुक्त गरेका हुन् । उनले अदालतबाट दोषी ठहर भएर जेल सजाय भुक्तान गरेपछि नाम फेरेर लिला लेख्न थालेका थिए ।
नेकपा एमाले निकटका भए पनि आफूसँग नजिक भएका कारण आलेले उनलाई सदस्य बनाएका हुन् । लामाको हाल लैनचौरमा रेष्टुरेन्ट व्यवसायसमेत रहेको छ । उनले विभिन्न समयमा एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, गुडविल फाइनान्स, कान्तिपुर फाइनान्स र स्याकार ट्रेडिङ कम्पनीबाट करोडौँ रुपैयाँ लुटेका थिए ।
उनी पहिलो पटक २०६२ सालमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको भए पनि सोर्सफोर्सका कारण २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिइएको थियो ।