- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागीताका लागि अहिलेसम्म ५१ दलले आवदेन दिएका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।
शुक्रबार मात्रै शीर्ष तीन दलले आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शुक्रबार निवेदन दिएका हुन् ।
दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।
२०७४ सालको निर्वाचन तीन चरणमा भएकामा यसपालि भने एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका आयोगले बनाएको छ ।