arrow

पचास देशले रुसविरुद्ध संयुक्त विज्ञप्ति जारी गरे, भारत र चीन तटस्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
ukraine-attack-russia.jpeg

काठमाडौं । संयुक्त राष्ट्र संघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन् । 

शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषदमा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए । प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (यूएई) तटस्थ बसेका थिए । त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो । 

राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन । 

रुसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रुसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ