arrow

भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते, दश हजार जति घरमा क्षति

logo
रासस–सिन्ह्वा,
प्रकाशित २०७८ फागुन १४ शनिबार
397b4f75a9264a48a07f37bad641e941-397b4f75a9264a48a07f37bad641e941-76ef2c1cebc34cf89a0213f10baa42d7.jpg

काठमाडौं । शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ ।

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ ।सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ ।

क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ