arrow

पीसीआर परीक्षणको साढे चार प्रतिशत संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसका १५५ संक्रमित थपिएका छन् । २ हजार २३९ पीसीआर परीक्षणबाट १०१ अर्थात् ४.५२ प्रतिशत तथा २ हजार ९१३ एन्टिजेन परीक्षणबाट ५४ जना संक्रमित पाइएका हुन् । 

५४० जना संक्रमणमुक्त भएका छन् । थप दुई जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा ११ हजार ९३४ जनाको मृत्यु भइसकेको छ । 

हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ । 
 



नयाँ