arrow

पर्यटन पुनरुत्थानका लागि जलयात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
Rafting.jpg

पोखरा । कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ ।

सङ्घ आबद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन र बूढीगण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको सङ्घका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए ।

“कोरोनाले पर्यटकीय गतिविधि ठप्प हुँदा व्यवसायीमा समेत निराशा छाएको छ”, उनले भने, “व्यवसायीलाई थप उत्साहित एवं अभिप्रेरित गर्दै पर्यटकीय गतिविधि बढ्न थालेको सङ्केत दिनका लागि पनि हामीले जलयात्रा आयोजना गरेका हौँ ।”
    
कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै सङ्घसंस्थाको सक्रियता अपरिहार्य भएको उनले बताए । सङ्घको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारी आदि स्थानको धार्मिक पर्यटन प्रवर्द्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तक्रिया गरिँदै आइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ