दीपेन्द्र चौहान आईएसडब्ल्यूएनई नेपाल च्याप्टरको अध्यक्षमा चयन
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
192
Shares
काठमाडौँ । साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (आईएसडब्ल्यूएनई) नेपाल च्याप्टरको अध्यक्षमा दीपेन्द्र चौहान चयन भएका छन्।
काठमाडौँमा आज सम्पन्न समाजको साधारण सभाले चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा र सदस्यमा तुला अधिकारी चुनिएका छन् । समाजका संस्थापक एवं निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकको जिम्मेवारी दिने निर्णय गरिएको छ।
साधारण सभाले आगामी जुलाई १५ देखि १९ सम्म बेलायतको वेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन जान लागेका नवनिर्वाचित अध्यक्ष चौहानलाई सो वैश्विक मञ्चमा नेपाल शाखाका गतिविधि र समग्र नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे प्रकाश पार्ने विशेष जिम्मेवारीसमेत दिएको छ।