arrow

विश्वले रुस-युक्रेन युद्ध रोक्न खाेज्दा ब्यालेस्टिक मिसाइल हान्दै उत्तर कोरिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
kim-jong-un-bbc.jpg

काठमाडौं । उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समय अनुसार बिहान ७ बजेर ५२ मिनेटमा उक्त क्षेप्यास्त्र प्रहार गरिएको थियो दक्षिण कोरियाले जनाएको हो ।

यस्तै उत्तर कोरियाले ३०० किलोमिटर टाढा र ६०० किलोमिटर उचाइसम्म उडेको एक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको  जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

यो मिसाइल उत्तर कोरियाले सन् २०२२ को जनवरी ३० पछि गरेको हो । विश्वले रुसले युक्रेनमाथि गरिरहेको युद्ध समाधान गर्न प्रयास गरिरहेको बेला उत्तर कोरियाले मिसाइ प्रहार गर्नु अनुचित रहेको दक्षिण कोरियले जनाएको छ ।

उत्तर कोरियाको यो कदम शान्ति स्थायित्वका लागि 'अवांछनीय' भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ