arrow

अमेरिका र नेटोले छोडेका हतियारले पाकिस्तानमा विद्रोही बलिया बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
Pakistan-Afghanistan-Balochistan-Liberation-Army.jpg

काठमाडौं। अमेरिकी एवं नेटो सेना र अफगानिस्तान राष्ट्रिय सेना (एएनए)ले छोडेका अत्याधुनिक हातहतियार पाकिस्तानका बलुच विद्रोहीहरूसम्म पुगेको एक रिपोर्टले देखाएको छ ।

फेब्रुअरीको सुरुमा नोस्की र पञ्जगुरको अर्धसैनिक शिविरमा आक्रमण गरेको बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) का लडाकुहरू उच्च प्रविधियुक्त सैन्य हतियार प्रयोग गरेको पाइएको छ ।

ती हतियार पाकिस्तानी सेनाका सिपाहीहरूले बोकेको भन्दा पनि अत्याधुनिक रहेको एसिया टाइम्सले जनाएको छ ।

सो आक्रमणमा कम्तीमा नौ पाकिस्तानी सैनिक र २० आतङ्ककारीको मृत्यु भएको थियो।

रिपोर्टमा जनाइए अनुसार बीएलएका लडाकुहरुले M-16A4 र एम M-4A2 राइफल बोकेका थिए भने, उनीहरुसँग रातको समयमा समेत सही निशाना लगाउन सक्ने डुअल बीम एमिङ लेजर (Dual Beam Aiming Lasers DBALs) समेत रहेको छ ।

यस्तै पीभीएस ७ डी हेड माउन्टेड नाइट साइट डिभाइस (PVS 7D head-mounted night sight devices) समेत उनीहरुसँग रहेको छ ।  एक पाकिस्तानी अधिकारीले एसिया टाइम्सलाई भनेका छन्, यी आधुनिक प्रविधिहरू अब आतंकवादीहरूको हातमा छन्, जसले इस्लामाबादलाई चेतावनीको घण्टी पठाएको छ। यी हतियार सेनाका सिपाहीहरूले बोकेका हतियारहरू भन्दा धेरै उच्च क्षमताका हतियार थिए ।

यसअघि सन् २०२१ को अक्टोबरमा अमेरिकी हतियार र सैन्य सामानहरू अफगान बन्दुक व्यापारीले पसलहरूमा खुला रूपमा बेचिरहेको एक रिपोर्टमा न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको थियो ।



नयाँ