- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीमाथिको मतदान बहिस्कारको घोषणा गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल फेरि संसदभित्र प्रवेश गरेका छन् ।
सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताएका भए पनि दोस्रो चरणको बैठकमा सहभागी हुन संसदभित्र प्रवेश गरेका हुन् ।