arrow

आतंकवादको आरोपमा स्पेनमा पाँच पाकिस्तानी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
arrest-final.jpeg

काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूहरूविरुद्ध आवाज उठाउनेको हत्या गर्न प्रोत्साहित गरेको आरोपमा स्पेनको राष्ट्रिय प्रहरीले पाँच जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।

बार्सिलोना, जेरोना, उबेदा (जाएन) र ग्रानाडाबाट प्रहरीले उनीहरुलाई फेब्रुअरी २१ मा पक्राउ गरेको मिडिया रिपोर्टले जनाएको छ । पक्राउ परेकाहरुको उमेर २० वर्षको आसपासमा रहेको र उनीहरु इस्लामिक कानूनको कार्यान्वयन र निन्दा गर्नेहरूलाई मृत्युदण्ड दिनुपर्ने भन्दै वकालत गर्ने  पाकिस्तानको कट्टरपन्थी इस्लामवादी समूह, तहरीक ए लब्बैक पाकिस्तान (टीएलपी) सँग सम्बन्धित थिए ।

राष्ट्रिय उच्च अदालतका न्यायाधीश म्यानुएल गार्सिया कास्टेलोनले उनीहरुालई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएका छन् । सन् २०२० को सेप्टेम्बरमा चार्ली हेब्दो म्यागाजिनको पेरिसस्थित मुख्यालयमा आक्रमण भएपछि यिनीहरुमाथि अनुसन्धान शुरु भएको थियो । त्यसअघि सन् २०१५ मा यो म्यागाजिनमा भएको जिहादी आक्रमणमा ८ जनाको ज्यान गएको थियो ।

मोहम्मद पैगम्बरको कार्टुन प्रकाशित गरेको विषयलाई लिएर आक्रमण भएयता स्पेनमा आतंकवादी घटनाहरु बढ्न लागेकोप्रति ठूलो चिन्ता बढाएको छ । पक्राउ परेकाहरुलाई सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत उर्दु भाषामा आक्रमणका योजनाहरु बनाएर फैलाउने गरेको पाइएको छ ।

यिनीहरुका सामाजिक सञ्जालमा फ्रान्स, इटाली लगायतका अन्य मुलुकबाट समेत फलोअर रहेको र यिनीहरु निकै सक्रिय रहने गरेको अनुसन्धानले देखाएको छ । यिनीहरुका पोस्टहरु निकै नै मानिसहरुले देखेपछि नै थाहा भएपछि पक्राउ भएको बताइएको छ । 

यो अपरेशन बार्सिलोना प्रान्तीय गुप्तचर इकाई र सामान्य सूचना प्रहरी स्टेशन, राष्ट्रिय गुप्तचर केन्द्र र प्रहरीका लागि युरोपेली एजेन्सीद्वारा गरिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ