arrow

आदिवासी जनजाति महिला महासंघमा छिरिङ डोल्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
274309476_696889831329145_8446646068009269583_n.jpg

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बागमती प्रदेशमा छिरिङ डोल्मा शेर्पा निर्वाचित भएकी छिन् । प्रदेशको पहिलो अधिवेशनले शेर्पासहित नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । 

चितवनको सौराहास्थित भद्रेनी जंगल रिसोर्टमा भएको अधिवेशनले अध्यक्ष शेर्पासँगै क्रमशः उपाध्यक्षमा अमिता नगरकोटी, सचिवमा देवीमाया देवान, सहसचिवमा प्रतिक्षा माझी, कोषाध्यक्षमा रोशनी भुजेल, सदस्यहरुमा जानकी चौधरी, रामकुमारी थामी, लक्ष्मी दराई, कान्छी तामाङ ह्योल्मोपा निर्वाचित भएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द्रीय कोषाध्यक्ष निर्मला भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न तेह्र वटा जातीय संस्थाका महिलाहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ