arrow

पोखराको गौरीघाटमा ‘धार्मिक योग पार्क’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
Yogpark.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ को गौरीघाटमा धार्मिक योग पार्क निर्माण भएको छ । पोखरा महानगरपालिका र स्थानीयको सहयोगमा पार्क निर्माण गरिएको हो । साथै महाशिवरात्रीको अवसर पारेर पार्कसंगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जीणोद्धार गरिएको छ ।

पार्कको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गरिन् । कार्यक्रममा उपमेयर गुरुङले महानगरपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिइन् । 

‘धार्मिक पार्क पनि त्यहीमध्येको एक हो,’, उनले भनिन, ‘पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बमोजिम धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका र्छौं । आज पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उद्घाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ ।’ 

गुरुङले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै पोखरा उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताइन । पार्क स्थापना गर्ने र आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले धार्मिक पार्क र योग पार्कहरु बन्दै जानुपर्नेमा उनले जोड दिइन् ।

वडध्यक्ष जगतबहादुर पहारीले सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए । पोखरा-६ मा धार्मिक योग पार्क निर्माणका लागि पनि वडा कार्यालयले सहयोग गरेको छ,’ उनले भने, ‘यो सहयोगबाट यस्तो सुन्दर पार्क बन्दा खुशी लागेको छ ।’

पार्क निर्माणका परियोजनाकार अनिल थापाले पोखरा महानगरपालिकाबाट ६ लाख ७४ हजार र स्थानीयबाट ६ लाख २७ हजार २०२ रुपैयाँ गरि कूल १३ लाख एक हजार २०२ रुपैयाँमा पार्क निर्माण भएको जानकारी गराए ।

निर्माण समितिका अध्यक्ष लभ भुजेलले महानगरपालिकासंग सांस्कृतिक सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेकोले पार्क निर्माण सम्पन्न गर्न सफल भएको बताए ।

लभ भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यलयका प्रोफेसर दीपेन्द्र पहारी, डा. डार्विन लामिछाने र पण्डित गुरुदत्त पहारी लगायतले बोलेका थिए । 

कार्यक्रममा पार्क निर्माण र सर्वेश्वर शिव मन्दिरको जीणोद्धारका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।



नयाँ