- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी रुस युक्रेनयुद्धको प्रभााव विश्वव्यापी अर्थतन्त्रमा समेत देखिन थालेको छ । ओएल प्राइसका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १११ अमेरिकी डलर नाघेको छ । जुन सन् २०१४ को जुनयताकै उच्च हो ।
यस्तै डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि बढेर १०९ डलर प्रति ब्यारेल नाघेको छ । रुसले युक्रेनमाथिको आक्रमणलाई झनै सशक्त बनाउँदै लगेको छ । रुसी सेनाले दक्षिणी युक्रेनी सहर खेरसन आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यस्तै रुसले किभ र खर्किभमा समेत हवाइ आक्रमण जारी राखेको छ ।
युक्रेनले हालसम्म ५ हजार ८ सय ४० रुसी सेना मारिएको दाबी गरेको छ ।