arrow

तरुण दलको नेतृत्वमा टक्कर, आकांक्षीलाई उमेरहद वाधक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274973765_714369489557216_8145787808985713299_n.jpg

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका १० भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको छ । फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले तदर्थ समिति गठन गर्ने तयारीमा जुटेको हो ।

विशेष गरी नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको नेतृत्व रिक्त रहेकाले प्राथमिकताका साथ उक्त संगठनहरुमा नयाँ नेतृत्वको तयारी थालिएको हो । तरुण दलमा ४५ वर्ष र नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था अनुरुप नयाँ कार्यसमिति गठन गर्ने तयारी छ ।

तरुण दलको नयाँ नेतृत्वका लागि वर्तमान कोषाध्यक्ष विद्धान गुरुङ र नेविसंघका पूर्वकेन्द्रीय सदस्य लाओस राईले इच्छा देखाएका छन् । गुरुङ र राई प्रमुख दाबेदारका रुपमा देखिएका छन् । 

पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्का निकट मानिएका गुरुङ हाल गृहमन्त्री बालकृष्ण खाँणसँग नजिक छन् । पर्वत जिल्ला निवासी उनी समाजसेवामा पनि सक्रिय छन् । राई डा. शेखर कोइराला र रामचन्द्र पौडेल समूहका हुन् । 

पौडेल–कोइरालाबाट राईको नाम अघि बढाउने विषयमा सल्लाह भइरहेको छ । पाटन संयुक्त क्याम्पसमा स्ववीयू सभापति भइसकेका राई लेखन कर्ममा पनि क्रियाशील छन् । राईलाई कृष्णप्रसाद सिटौला समूहले पनि आफ्नो समूहमा तानेर नेतृत्वमा ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

त्यस्तै यसअघि नै अध्यक्षमा दाबी गर्दै आएका उत्तम चापागाइँ र लक्ष्मी खतिवडाले यस पटक पनि नेतृत्वमा आउने इच्छा देखाएका छन् । तर अध्यक्षमा दाबी गर्दै आइरहेका कतिपय नेताहरुका लागि उमेरहद बाधक बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ