arrow

तालिबानसँग अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्नेमा राष्ट्रसंघको जोड 

logo
रासस–सिन्ह्वा, 
प्रकाशित २०७८ फागुन १९ बिहिबार
deborah-lyons-un.jpg

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्र संघले जनाएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघकी विशेष दूतले सो कुरा बताएकी हुन् । उनले यस विषयमा भनेकी छिन् –हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरुसँग व्यवहार गर्न मन छैन होला तर पनि यो बाध्यता हो कि विश्वले तालिबानसँग काम गर्नुपर्ने अवस्था छ ।

संयुक्त राष्ट्रसंघीय विशेष दूत डेबोरा लियोन्सले भने–अहिले यहाँका नागरिक निकै अप्ठेरोमा परेका छन्, अब विश्व समुदायले ती नागरिकका लागि पनि तालिबान सरकारसँग काम गर्नु जरुरी छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तानका बारेमा जानकारी गराउँदै उनले सो कुरा बताएकी हुन् । 

उनले अहिले विश्व समुदाय तालिबानबाट टाढा रहेको तर पनि यस्तो अवस्थामा यहाँका नागरिकले भने दुःख पाएको भन्दै तर अब त्यहाँका नागरिकका लागि पनि तालिबानहरुसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताइन् । 

अफगानिस्तानमा तालिबान शासन आएपछि यहाँका नागरिकलाई ठूलो मानवीय सहायताको खाँचो परेको जानकारी पनि उाले सो अवसरमा दिएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ