arrow

कोरोनाबाट थप तीन जनाको मृत्यु, पीसीआर परीक्षणको तीन प्रतिशतमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसका थप एक सय पाँच संक्रमित थपिएका छन् । जसमा पीसीआर परीक्षणको तीन प्रतिशत अर्थात् २ हजार ४४८ जनाबाट ७० जनामा देखिएको छ भने २ हजार ४७६ जनाएको एन्टिजेनबाट ३५ जनामा संक्रमण देखिएको छ । 

पीसीआरबाट थपिएका ७० मध्ये काठमाडौंका १८, चितवनका ७, ललितपुरका ५ तथा भक्तपुरका २ जना हुन् । थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ११ हजार ९४४ जनाले ज्यान गुमाएका छन् । 

बिहीबार थप ३२० जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । 

ललितपुरमा १०७०, काठमाडौंमा ९६० तथा भक्तपुरमा १०० सक्रिय संक्रमित रहेका छन् । 



नयाँ