arrow

पोखरामा एक युवकको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
hatya-murder.jpg

पोखरा । पोखराको मौजामा गएराति एक युवकको हत्या भएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका ती युवकको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २० का ३५ वर्षीय चोकेन्द्र गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार राति १ बजेको समयमा चक्कु प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए । गुरुङको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन ।

श्रोतका अनुसार आँटीघर जाने बाटोको लामाखेत नजिकैको शिव मन्दिरमा मध्यरातमा गुरुङसहित केही युवाबीच झडप भएको र सोक्रममा गुरुङमाथि चक्कु प्रहार भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार आज बिहीबार बिदाको दिन परेकाले आफन्तजनबाट किटानी जाहेरी दर्ता हुन नपाएको र शुक्रबार किटानी जाहेरी दर्ता हुने वित्तिकै अनुसन्धान र कार्वाही प्रक्रिया अघि बढ्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ