arrow

ईश्वरपुरमा ४६ जनाले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
274623072_671089094316747_1641996682229061980_n.jpg

सर्लाही । सर्लाहीको ईश्वरपुरमा आज ४६ जनाले रक्तदान गरेका छन् । मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीले आफ्नो ८ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान शिविरमा ४६ जनाले रक्तदान गरेका हुन् । 

ईश्वरपुरस्थित गल्ला व्यापार संघको सभा हलमा वार्षिक साधारण सभा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मैनाली समाज नेपाल सर्लाहीका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिलमुनि मैनालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटा, समाजका केन्द्रीय सदस्य राजेन्द्र मैनाली, वरिष्ठ अधिवक्ता बेनीबहादुर कार्की, वुद्धिजिवी रत्नेश्वरलाल कर्ण, समाजको रौतहट, बारा र पर्साका संयुक्त अध्यक्ष गंगाप्रसाद मैनाली, सिन्धुली अध्यक्ष दीपक मैनाली लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाकै अवसरमा ईश्वरपुर नगरपालिका–७, मा रहेको जनता प्राथमिक विद्यालयका ६८ जना विद्यार्थीलाई एक-दुई विद्यालय खुलेको बेला पारेर शैक्षिक सामग्री वितरण गर्ने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ