arrow

प्रेस चौतारी गण्डकीमा इन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
Indra Poudel.jpg

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका इन्द्र पौडेल निर्वाचित भएका छन् । चौतारीको बिहीबार पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा र बागलुङका उमाकान्त शर्मा र कास्कीका रोशनी गुरुङ, महासचिवमा लमजुङका आश गुरुङ, सचिवमा कास्कीका कमल सुवेदी र स्याङ्जाका गोपाल जिटी र कोषाध्यक्षमा नवलपुरका भवीश्वर पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् । 

सदस्यहरुमा गीता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, शालिकराम भट्टराई, रोशन लामिछाने, अमीर सुवेदी, डिलबहादुर विक निर्वाचित भएका छन् । 

यसैगरी राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धव कुमाल, कुमार पौडेल, वसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिला विक, राजन उपाध्याय, युवराज गुरुङ, खीमा गुरुङ, सृजना बराल, गणेश श्रेष्ठ, राजन खरेल, नीरज थकाली, दीपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भीकनारायण भुर्तेल र कृष्ण कँडेल पनि सदस्यमा निर्वाचित भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ