arrow

रहेनन् मार्स 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
marsh-australia-died-cricketer.jpg

काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर रोड मार्सको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । उनी गत हप्ता बिहीबार क्विन्सल्याण्डमा च्यारिटी क्रिकेट हेर्न गएका बेलामा बिरामी परेका थिए । 

मार्सले अष्ट्रेलियाका लागि सन् १९७० देखि १९८४ सम्म खेलेका थिए । सो क्रममा विकेटकिपर उनले संन्यास लिने बेलामा त्यतिबेलाको विश्व कीर्तिमान ३५५ जनालाई आउट गरेका थिए । 

यो संख्या अहिले पनि अष्ट्रेलियालाई तेस्रो ठूलो हो । एडम गिलक्रिष्टले ४१६ तथा इयान हेड्लीले ३९५ जनालाई आउट गरेका थिए । 

९६ टेष्टमा ३ हजार ६ सय ३३ रन तथा ९२ एक दिवसीयमा १ हजार २ सय २५ रन जोडेका थिए । उनले ९७ फस्ट क्लब क्रिकेट खेलेका थिए ।

पूर्व क्रिकेटक मार्क वाले मार्सलाई खेलकुदका लागि ‘एन एम्बल्युट आइकन’ भनी सम्झेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ