arrow

पाकिस्तानको मस्जिदमा शक्तिशाली विष्फोट, कम्तीमा ३० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
pakistan-bomb-2022.PNG

काठमाडौं । उत्तरपश्चिमी पाकिस्तानी सहर पेशावरमा रहेको एक शिया मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा ३० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ भने अस्पतालहरूमा आपतकाल घोषणा गरिएको पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले बताएका छन् ।

पेशावरको पुरानो सहरमा रहेको कुचा रिसालदार मस्जिदमा शुक्रबारको नमाज पढ्न जम्मा भइरहेका बेला विस्फोट भएको हो ।

पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानका अनुसार मस्जिद बाहिर दुई हतियारधारी आक्रमणकारीले प्रहरीमाथि गोली चलाउँदा हिंसा सुरु भएको अलजजिरामा उल्लेख गरिएको छ ।

गोली हानाहानमा एक आक्रमणकारी र एक प्रहरीको मृत्यु भएको र त्यसपछि बाँकी आक्रमणकारीले मस्जिद भित्र गएर बम विस्फोट गरेको बताइएको छ । एक प्रहरीसहित ६० भन्दा बढी नागरिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

पछिल्ला महिनाहरूमा पाकिस्तानमा हिंसात्मक घटना बढ्दै गएको छ। यसअघि अफगानिस्तानसँगको सीमामा रहेको सेनाको चौकीमा भएको आक्रमणमा दर्जनौं सैनिक मारिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बम विस्फोटको निन्दा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ