arrow

नेपाल फर्मा एक्स्पो २०२२ बैशाखमा चितवनमा हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
274791673_2958624644389490_4701780685850391098_n.jpg

काठमाडौं । नेपाल औषधि उत्पादक संघले आगामी बैशाखमा ‘नेपाल फर्मा एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । संघले नेपालले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका विकासहरुको प्रदर्शनी गर्दै आएकामा यसपालि बैशाख ९ देखि ११ गतेसम्म चितवनमा एक्स्पो गर्ने भएको हो । 

संघले प्रत्येक दुई वर्षमा नेपाल फर्मा एक्स्पो गर्दै आएकामा गत वर्ष भने कोभिड–१९ का कारण गर्न नसकिएको जनाएको छ । यस पटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अंगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानसहित हुन लागेको राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्य एक्स्पोको रहेको जनाइएको छ । 

नेपालमा हाल प्रत्येक वर्ष ३५ वटा प्राविधिक कलेजबाट करिब १५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएका छन् । एक्स्पोमा १६० स्टल रहने छन् । 

औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिने छन् । 

एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुनेछन् भने सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिनेछ । 
 



नयाँ