- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माउण्टेन ड्युले ‘डरको अगाडि जीत छ’ भन्ने आदर्श वाक्यलाई अनुपविक्रम शाहीसँग नयाँ प्रचार अभियानमा पुनः स्थापित गरेको छ। अनुप युएईको बुर्ज खलिफामा धमाकादार नयाँ विज्ञापनका साथमा देखिएका हुन्।
असाधारण परिणाम प्राप्त गर्न आफैँले आफैँलाई जोखिम मोल्न लगाउनेहरूको आँट र जोशमा सदा साथ दिने माउण्टेन ड्यु नेपालका युवाहरूलाई आफू भित्रको सीमा तोड्न अनि डर तथा आत्म शङ्काबाट बाहिर निस्कन यो वर्ष ‘डरको अगाडि जीत छ’ नामक प्रचार अभियानमार्फत प्रेरित गर्न तम्तयार भएको जनाएको छ।
यो पेय पदार्थले ब्राण्ड सद्भावना दूत अनुपको साथमा तयार पारिएको नयाँ जोसिलो विज्ञापन शुक्रवार सार्वजनिक गरेको छ। रोमाञ्चकतालाई थप उचाइमा पुर्याउँदै यो विज्ञापनको छायाङ्कन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो एमारको बुर्ज खलिफामा गरिएको हो।
यो विज्ञापनमा या त डरदेखि डराएर भाग्ने या डरको सामना गरेर अगाडि बढ्ने भन्ने दुई विकल्पलाई देखाएर माउण्टेन ड्युको विश्वासको पुनरावृत्ति गरिएको छ। यो नै त्यो छनोट हो जसले अरूलाई छाडेर वास्तविक हिरोको पहिचान गराउने कम्पनीको दाबी छ।
विज्ञापनको छायाङ्कनका सम्बन्धमा आफ्नो अनुभव सुनाउँदै सद्भावना दूत अनुप भन्छन्, ‘माउण्टेन ड्युको आदर्श वाक्य डरको अगाडि जीत छ। मेरो विश्वाससँग मेल राख्छ, तपाई कहाँबाट आउनु भएको हो र तपाई को हो भन्नेले खासै अर्थ राख्दैन। यो त डरको सामना गर्ने व्यक्तिको हिम्मत हो जसले उसलाई–उनलाई वास्तविक हिरो बनाइदिन्छ। बुर्ज खलिफामा छायाङ्कन गर्नु एक रोमाञ्चकारी अनुभव रह्यो किनकि हामी ब्राण्डको लागि नयाँ उचाइमा पुग्न चाहन्छौँ। एकदम शाब्दिक तवरले। मलाई विश्वास छ नयाँ फिल्मले नेपालका युवाहरूलाई प्रेरित गर्नेछ र उनीहरूले डरको सामना गर्ने आफ्नो आत्मविश्वासलाई जगाएर आइपरेका चुनौतीहरू पार गर्न उनीहरूलाई जागृत गराउनेछ।’
नयाँ विज्ञापनको बारेमा आफ्नो धारणा राख्दै पेप्सीको नेपालका सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरी भन्छन्, ‘डरको अगाडि जीत छ भन्ने आदर्श वाक्यसँगै माउण्टेन ड्युले सधैँ नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्म–शङ्कालाई पर धकेल्नेहरूलाई सलाम गर्दछ। यो वर्ष पनि वास्तविक हिरोहरू ती हुन् जसले चुनौतीहरूलाई स्विकार्छन् र विजेताको रूपमा उभिन्छन् भन्नेलाई पुनः दोहोर्याएको छ। हामीलाई विश्वास छ अनुप विक्रमले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालका उपभोक्ताहरू रोमाञ्चित हुनु हुनेछ र उहाँहरू सबैमा डरको अगाडि जीत छ भन्ने कुराले बलियो स्थान जमाउनेछ।’
माउण्टेन ड्युको यो नयाँ विज्ञापन सबै टिभी च्यानलहरू, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरूमा समेत गरी व्यापक एवं बृहत् रूपमा प्रदर्शन गरिने छ। माउण्टेन ड्यु सबै परम्परागत पसलहरूका साथै आधुनिक स्टोरहरू र इ–कमर्स प्लेटफर्महरूमा पनि उपलब्ध हुने जनाइएको छ।