- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सुनसरी । सुनसरीको गढी गाउँपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गढी–२ स्थित सि.जि. फुड्स इन्डस्ट्रिज प्रा.लि.सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।
इन्डस्ट्रिज प्रा.लि.को प्राङ्गणमा सञ्चालित शिविरमा ७५३ जना बिरामी लाभान्वित भएका छन् । उपचारका लागि शिविरमा आएका १७७ जनाको रक्त परीक्षण, ११३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतमा समस्या भएका ३१ जनाको दाँत खोलिएको छ ।
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।