- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषामा एक जनालाई शनिवार राति गोली हानिएको छ। १८ वर्षीय मुकेश मुखियालाई गोली हानिएको हो । मुकेशको घाँटीमा गोली लागेको छ।
गोली घाँटीमै अड्किएर पछि उनी गम्भीर घाइते भएका छन् । गोली घाँटीमै अड्किएर गम्भीर घाइते भएका मुकेशलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
कमला नगरपालिका वडा नम्बर ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगी मुखियाको घरमा बस्ने गरेका थिए। मामाको किराना पसलमा शनिवार राति आएका स्थानीयसँग कुराकानी गरिरहेका बेला मुकेशलाई गोली हानिएको प्रहरीले जानकारी दिए।
प्रहरीका अनुसार घटनास्थलबाट पेस्तोल बरामद गरिएको छ । गोली हान्ने व्यक्ति पनि पहिचान भइसकेको उपरीक्षक रजौरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।