arrow

दमौलीमा भीषण आगलागी, नियन्त्रण गर्न कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
Damauli aaglagii.jpg

पोखरा । तनहुँको व्यास नगरपालिका वडा नं. ४ दमौली बजारमा भीषण आगलागी भएको छ । दमौलीस्थित भूपाल हार्डवेयरको गोदाममा भीषण आगलागी भएको हो । 

हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पुर्‍याएको छ । आज बिहान १० बजेदेखि लागेको आगो दिउसो २ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन हेलिकप्टरसमेत प्रयोग गरिएको छ  आगो निभाउनका लागि काठमाडौंबाट हेलिकप्टर ल्याइएको छ भने पोखरा महानगरपालिकाबाट दमकल लगिएको छ ।

प्रहरीका अनुसार अहिले हेलिकप्टर र दमकलले आगो निभाउने प्रयास भइरहेको बताइएको छ । सिम्रिक एयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ आफै हेलिकप्टर लिएर दमौली आएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आगो थप फैलिन नदिनका लागि चार वटा घर भत्काइएको छ । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । तनहुँ प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज खड्काका अनुसार आगो निभाउने प्रयास जारी रहेको छ। आगो लाग्नुको कारण खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ