arrow

कोरोना संक्रमण घटे पनि जोखिम यथावत्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
corona-nepal-update-1620371793.jpg

काठमाडौं ।  मुलुकमा कोभिड-१९ को संक्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९२९ जनाको परीक्षण गरिएकामा ६८ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५८३ जना संक्रमणमुक्त भई घर फर्केका छन् । 

त्यसैगरी बितेका २४ घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४७ पुगेको छ । हाल देशभर छ हजार ४६१ जना सक्रिय संक्रमित रहेका र १०८ जना क्वारेन्टिनमा बसेका छन् । 

पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड-१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ