- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। १५ दिने मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहारकी प्रमीला देवी साह रहेकी छन् ।
मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला नुहाउने क्रममा रिंगाटा लागेर बेहोस भएकी थिइन् ।
उपचारको लागि जलेश्वर स्थित शान्ति कम्युनिटी अस्पताल जलेश्वरमा लगिएको ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।
महोत्तरीको मठिहानी पडाव स्थलबाट जलेश्वरको लागि निस्केको परिक्रमा अन्तर्गत सोमबार आज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका वडा नम्बर २ साउजीपटी नजिक पोखरीमा नुहाउने क्रममा उनी रिंगाटा लागेर बेहोस भएकी थिइन् ।
शव पोस्टमार्टमको लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी का प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए ।