arrow

मन्त्री सवार गाडी तनहुँमा दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
Gadi.jpg

पोखरा । तीव्र गतिमा कुदाउँदा गण्डकी प्रदेशका मन्त्री सवारी गाडी सोमबार बिहान तनहुँमा दुर्घटनामा परेको छ ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य सवार गाडी दुर्घटनामा परेको हो । 

श्रोतका अनुसार मोटरसाइकललाई जोगाउन खोज्दा ग१झ ६०० नम्बरको स्कार्पियो गाडी बिजुलीको पोलमा ठोक्किएको हो । 

मन्त्री आचार्य र मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ नवलपुरबाट पोखरा आउँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।

मन्त्री आचार्य र सचिव श्रेष्ठ खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास गर्न आइतबार नवलपुर पुगेका थिए ।

गाडी दुर्घटनामा परेपछि गाडीमा सवार सबै सकुशल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ