arrow

६ हजार १५० सक्रिय कोरोना संक्रमित, ११ हजार ९४८ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
corona-2021.jpg

काठमाडौं । नेपालमा कोभिड-१९का कारण हालसम्म ११ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार महामारी शुरु भएदेखि हालसम्म नेपालमा ९ लाख ७७ हजार ५ सय ६७ जनामा पीसीआर र १ लाख ३९ हजार ५ सय ६७ जनामा एन्टीजेनविधिबाट कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।

यीमध्ये ९ लाख ५९ हजार ४ सय ६९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । ६ हजार १ सय ५० जना संक्रमणको अवस्थामा छन् ।पछिल्लो २४ घण्टामा थप ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ३ सय ७६ जना संक्रमणमुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा ८ हजार ६ सय ३८ जनाकाे नमूना परीक्षण गरिएकाे थियाे ।



नयाँ