arrow

६ हजार १५० सक्रिय कोरोना संक्रमित, ११ हजार ९४८ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
corona-2021.jpg

काठमाडौं । नेपालमा कोभिड-१९का कारण हालसम्म ११ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार महामारी सुरु भएदेखि हालसम्म नेपालमा ९ लाख ७७ हजार ५ सय ६७ जनामा पीसीआर र १ लाख ३९ हजार ५ सय ६७ जनामा एन्टीजेनविधिबाट कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।

यीमध्ये ९ लाख ५९ हजार ४ सय ६९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । भने, ६ हजार १ सय ५० जना संक्रमणको अवस्थामा छन् ।

पछिल्लो २४ घण्टामा थप ८८ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३ सय ७६ जना संक्रमणमुक्त भएका छन् भने, थप १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गरिएको थियो ।



नयाँ