वीरगन्जमा माछापुच्छ्रेको नयाँ शाखा, सञ्जाल १६४ पुग्यो
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
607
Shares
वीरगन्ज। माछापुच्छ्रे बैङ्कले पर्साको वीरगन्जमा नयाँ शाखा खोलेको छ। वीरगन्जको आदर्श नगरमा उक्त शाखाको औपचारिक उद्घाटन भएको हो। उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एवं माछापुच्छ्रे बैङ्कका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले संयुक्त रूपमा उद्घाटन गरे। सोही कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो।
बैङ्कले देशका हरेक वर्ग र समुदायसम्म बैङ्किङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैङ्किङ सुविधाहरूको साथमा २४ सै घण्टा एटिएम सेवा पनि उपलब्ध गराउँदै आएको बैङ्कले जनाएको छ।
बैङ्कले जारी गरेको विज्ञप्तिअनुसार बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमाल,पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरू र १५७ शाखारहित बैङ्किङ सेवासमेत गरी जम्मा ३२१ स्थानबाट ग्राहकमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै बैङ्कका देशभर २०० वटा एटिएमहरू सञ्चालनमा रहेका छन्।