arrow

प्रेरणादायक र साहसी महिलाहरु सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
zonta-sahasi-mahila.jpg

काठमाडौं ।  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । 

उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । 

यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ । 

पुरस्कारका विधाहरु र पुरस्कार विजेताहरु 
प्रस्तुति भट्टराई र  वर्षा तामाङ  प्रिन्सेस हेलेन शाहलाई इनस्पीरेशनल वुमन अफ द इयर भन्ने पुरस्कारबाट सम्मानित गरेको छ । त्यस्तै क्याप्टेन प्रिया अधिकारीलाई अमर राना गेम चेन्जर अवार्डबाट सम्मानित गरेको छ । कोभिडका बेलामा उदाहरणीय काम गरेकी सुस्वप्न रिमाललाई रत्न देवी अवार्डबाट सम्मानित गरेको छ । 

वुमन इन बिजनेस स्कलरशिपमा वर्षा कटुवाल र वुमन इन टेक स्कलरशिपमा सुक्रिती मास्केलाई उदाहरणीय काम गरेबापत ज्योति स्कलरशिप अवार्डबाट सम्मानित गरेको छ । योङ वुमन इन पब्लिक अफेयर्समा मन्दिरा श्रेष्ठ र वुमन इन स्पेसमा मनिषा दावालाई उदाहरणीय काम गरेबापत इन्द्रकला स्कलरशिप अवार्ड प्रदान गरेको छ ।

जोन्टा क्लब अफ काठमाडौं अध्यक्ष सीमा गोल्छाले भनिन्, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौंले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।” 

त्यस्तै “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु-याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरेको छ ।

रेजिना बस्नेत साझा यातायातको टिकट कलेक्टरमा काम गर्छिन् । त्यस्तै सरिता चेपाङ रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स हुन् । जहाँँ २० वर्षमै छोरीहरुको विवाह गरिन्छ । तर उनले नर्स बनेर जनताको सेवा गरेर समाजको दृष्टिकोण परिवर्तन गरेकी छिन् । 

इश्वरी थापा महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएकि महिला ट्याक्सी ड्राइभर सुश्री इश्वरी थापाको कामबाट प्रस्ट हुन्छ ।

मनु थामीले पुरुषहरुले मात्र गर्दै आएका झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी बनेर समाजको दृष्टिकोणमा परिवर्तन गरेकी छिन् ।

परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ